डीपीएलका सर्वोत्कृष्ट खेलाडीलाई ‘गोल्डेन’ बुट


११ चैत्र २०७४, आईतवार
golden boot

काठमाडौं, ११ चैत : धनगढीमा आउँदो चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोागिताको सर्वोत्कृष्ट खेलाडीले गोल्डेन बुट पाउने भएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको जानकारी दिए ।golden boot

आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेपछि उसले सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको हो । डीपीएलको सर्वोत्कृष्ट खेलाडी प्राविधिक समितिले चयन गर्ने बताएको छ ।

डीपीएलको प्लेयर अफ दि सिरिजलाई भने मोटरसाइकल उपहार दिने यसअघि नै घोषणा भइसकेको छ । डीपीएलमा प्रायोजन गरेवापत गोल्ड स्टार जुत्ताले १६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गोल्डस्टारले ९ लाख रुपैयाँ नगद र बाँकी अन्य सहयोग गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७