२०७९ बैसाख ९ गते शुक्रबारको तपाईको राशिफल

वैशाख कृष्ण षष्ठी पञ्चाङ्गः शिव वणिज पूर्वाषाढा विश्व पृथ्वी दिवस/एसईइए २०७८ प्रारम्भ-अनिवार्य अंग्रेजी


९ बैशाख २०७९, शुक्रबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफन्त र साथीबाट सहयोग मिल्ने छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भइएला । बौद्धिकताको विकास पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्ला, तर भ्रमका पछि दौडनु राम्रो होइन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पारिवारिक सुख एवं सहयोग मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । पेशा र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ , तर स्वास्थ्यप्रति सजग रहन आवश्यक छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज महत्वपूणर् कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले पनि सताउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज बन्धुबान्धवबाट सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ, तर पारिवारिक जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७