‘जसपालाई सम्मानजनक हिस्सा नदिए गण्डकी प्रदेश सरकार ढल्न सक्छ’


९ बैशाख २०७९, शुक्रबार
25550299 956301477852347 3561174955684699300 n1650602074

पोखरा – गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धनका अन्य दलले जसपाको अस्तित्व स्वीकार गर्दै सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिएका छन् ।

मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागवण्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने चेतावनी दिएका हुन् । ‘अहिले बाहिर मिडियातिर पनि हल्ला सुन्छु । माओवादी र कांग्रेस मिल्ने भए रे । हामीलाई साइड लगाउने भयो रे । हैन, उहाँहरुले साइड लगाउनु भयो भने उहाँहरुलाई ताकत देखाउन सक्ने आधार हामीसँग पनि छ । गण्डकी प्रदेशमा माओवादी र कांग्रेस बाहेकका अन्य पार्टीसँग मिलेर गएर उहाँहरुको सेखी झार्न त हामी सक्छौं नि’ मन्त्री आचार्यले भने ।

अहिले तत्काल सरकार ढाल्ने कुरा नसोचे पनि सम्मानजनक हिस्सा नपाए सम्भावना रहेको उनले बताए । ‘अहिले हामी सरकारै ढाल्न सक्नेसम्म त सोचेका छैनौं । तर, उहाँहरुले निहुँ नै खोज्नु भयो भने त त्यसको प्रतिशोध त साँध्नुपर्‍यो नि । त्यो गर्नै पर्‍यो । औपचारिक रुपमा त हामी त्यसरी गएका छैनौं । तर, उहाँहरुले शंका गरिराख्नु भएको छ । किनभने प्रदेश सरकारमा पनि हामी निर्णायक छौं र कतिपय सन्दर्भमा सरकारमा भएका विषयवस्तुमा पनि अलिकति कन्फिल्ट पनि भइराखेको त्यसो भएको कारण यसै भन्न सकिन्न मन्त्री आचार्यले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७