मेरो सरकार देश बनाउनका लागि हो : प्रधानमन्त्री केपी ओली


११ चैत्र २०७४, आईतवार
kp sarma oli

काठमाडौं, ११ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा रेल चलाउँछु भन्दा ‘उडाउने’ हरुलाई रेलमा गुडाउने दावी गरेका छन् ।kp sarma oli

प्रधानमन्त्री ओलीले अबको २ बर्षभित्र रेल सञ्चालन गर्ने र नेपालको झण्डा राखेर पानीजहाज चलाउने दावी गरेका छन् । विगतमा प्रधानमन्त्री हुँदा उद्घोष गरेका उक्त योजनालाई अबको २ बर्षभित्र पूरा गरेर देखाउने समेत उनले दाबी गरे । ‘यो सरकारले अबको २ बर्षभित्र नेपालमा रेल गुडाउने संकल्प गरेको छ,’ उनले भने, ‘अबको एक बर्षमा वा २०७६ सालभित्र नेपालको झण्डाबाहक पानीजहाज चालएर सामान आयात गरिने छ ।’

उनले भने, ‘दुई बर्ष अगाडि नेपालमा रेल गुडाउन सकिन्छ भन्दा मान्छेले मेरो खिल्ली उडाएका थिए अबको २ बर्षपछि ती खिल्ली उडाउने त्यहि रेलमा गुड्न वाध्य हुनेछन् ।’ उनले अर्काे बर्ष नेपालको पानी जहाजले कसरी झण्डा बोकेर हिड्छ, कसरी सामान बोकेर हिड्छ ? त्यो नेपालीले देख्न पाउने समेत उनको दाबी थियो । नब गठित सरकार व्यक्ति र पार्टी बनाउनभन्दा पनि देश बनाउन बनेको दाबी गर्दै सोही अनुरुप देश बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी उनले अब योजना धरौटी राखेर तथा सम्भावना हेरेर युवाहरुलाइ ऋण दिने व्यवस्था पनि लागू हुने बताए ।

यसका साथै उनले कृषिमा आधुनिकीकरण, व्यबसायीकरण गरी आत्मनिर्भर बन्नेतर्फ सरकार केन्द्रित हुने प्रतिबद्धता समेत जाहेर गरेका छन । ‘मेरो अभियानहरु मेरा निम्ति होइन,’ उनले भने, ‘यो देश र जनताका लागि ल्याएको अभियान हो यसलाई कार्यान्वयमा लैजान दृढताका साथ अघि बढ्ने छु ।’ यसैगरी, उनले गएका कार्यक्रमहरुमा बोल्दै आएको नेपालमा कोहि पनि भोकमरीले मर्नु नपर्नेे कुरा पुन दोहोर्‍याउँदै अब नागरिकको जिम्मेवारी राज्यले लिने प्रतिवद्धता व्यक्त गरे । अबका दिनमा जाडोले कठ्याङ्ग्र्रिएर मरेको समाचार पनि पढ्न नपाइने उनको उद्घोष थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७