क्रिकेटमा हलचल मच्चियो : अष्ट्रेलियाका कप्तान र उपकप्तानले दिए राजीनामा


११ चैत्र २०७४, आईतवार
stevan smit

सिड्नी, ११ चैत्र । ‘बल टेम्परिङ’ विवादले क्रिकेटमा हलचल मच्चिएको छ । दक्षिण अफ्रिकाविरुद्ध जारी तेस्रो टेस्ट अन्तर्गत शनिबार अस्ट्रेलियाका क्यामरन ब्यानक्रफ्टले बल टेम्परिङ गरेको स्विकारेसँगै क्रिकेट जगतमा हलचल मच्चिएको हो । stevan smit

अष्ट्रेलियाका ओपनर क्यामरुन बेनक्राफ्टले बल टेम्परिङ गरेका थिए । त्यसको पूर्व जानकारी कप्तानसहित लिडरसिप टिमलाई रहेको स्मिथले बताएका छन् ।

‘बल टेम्परिङ’ विवादमा फसेपछि अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले राजीनामा दिएका छन् । क्रिकेट अष्ट्रेलियाले यसबारे अनुसन्धान थालेको छ । क्रिकेट अष्ट्रेलियाका सीईओ जेम्स सदरल्याण्डले भनेका छन्, ‘छलफलमा स्मिथ र वार्नर कप्तान र उपकप्तानको जिम्मेवारी त्याग्न तयार भएका छन् ।’

यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले घटना निराशाजनक रहेको बताएका थिए । ‘आज बिहान यस्तो नराम्रो खबर सुन्नु पर्दा हामी सबै आश्चर्यचकित भएका छौं । अस्ट्रेलियाली टोली यस्तो घटनामा संलग्न भएको सुन्दा विश्वास लागिरहेको छैन,’ टर्नबुलले भने ।

उनले घटनाले निराशा तुल्याएको बताउँदै यो अस्ट्रेलियाको जिम्मेवारी भएको बताएका थिए । उनले अस्ट्रेलिया स्पोर्टस कमिसनका अध्यक्ष जोन विलीले टोलीविरुद्ध कडा कारवाही गर्न संघलाई निर्देशन दिइसकेको बताए ।

‘कप्तान स्मिथले आफैं गल्ती स्विकारेका छन् । कमिसनले कप्तान स्मिथ र यसमा सम्बन्ध राख्ने अन्य नेतृत्वमा रहेका खेलाडी र पदाधिकारीलाई पदमुक्त गर्न आदेश दिएको छ,’ उनले भने ।

अस्ट्रेलियाली टिमका अन्तरिम कप्तानको जिम्मेवारी टिम पेनलाई दिएको छ । तेस्रो दिनको खेलपछि कप्तान स्मिथले पत्रकार सम्मेलनमा पनि गल्ति स्विकारेका थिए ।

बल टेम्परिङ’

https://youtu.be/L0XX1otemXw

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७