कान्छा बलरले बनाए सबैभन्दा छिटो १०० विकेटको कीर्तिमान


११ चैत्र २०७४, आईतवार
Rashid khan

 

काठमाडौं: अफगानिस्तानका लेग स्पिनर रसिद खानले एक दिवसीय क्रिकेकटमा सबैभन्दा छिटो १०० विकेट लिने बलरको कीर्तिमान बनाएका छन् ।Rashid khan

उनले ४४ वटा खेलबाट १०० विकेट लिएर अष्ट्रेलियाका माइकल स्टार्कको कीर्तिमान भंग गरेका हुन् ।

एक दिवसीय क्रिकेटमा दोस्रो वरियताका बलर रसिदले आफ्नो १०० औं विकेट वेष्ट इन्डिज विरुद्धको खेलमा बनाएका हुन् । आइतबार जिम्बाब्बेको राजधानी हरारेमा भएको विश्वकप क्रिकेट छनोट खेलमा आफ्नो तेस्रो ओभरको अन्तिम बलमा रसिदले १०० विकेट पुर्‍याएका हुन् ।

अफगानी टिम एसोसिएटबाट फुल मेम्बर स्टाटसमा १९ वर्षीय रसिदको पनि ठूलो योगदान रहेको छ । उनले २६ औं खेलबाट एक दिवसीय क्रिकेटमा आफ्नो ५० विकेट पुर्‍याएका थिए । अघिल्लो हप्ता अफगानिस्तानले सन् २०१९ मा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७