नेपाली सेनाद्वारा कङ्गोमा १२ किमी सडक निर्माण


१२ बैशाख २०७९, सोमबार

कंगो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो-लिता-जिली सडक खण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।

गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्पन्न गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त अवसरमा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो । द्वन्द्वग्रस्त मुलुकमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीका अलावा स्थानीय समुदाय लक्षित जनहितकारी कार्यले स्थानीय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७