विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन


१३ बैशाख २०७९, मंगलवार
1650883516 kane takana death 1200x560 1

काठमाडौं । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएककी काने ताकानाको मृत्यु भएको हो ।

उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोवेल पुरस्कार विजेताका रुपमा म्यारी क्युरीले नोवेल पुरस्कार प्राप्त गरेका थिए । जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उनी बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउँदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।

नसिङ होममा रहँदा उनी बोर्ड गेम्समा रमाउँथिन् भने हिसावका प्रश्नोत्तर लेख्दै बस्थिन् । त्यसैगरी सोडा र चकलेटहरु खाने गर्थिन् । उनी बयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसायहरु चलाएकी थिइन् ।

उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ बर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेकी थिइन् । उनले चार सन्तान जन्माएकी थिइन् । खेलकुँदमा निकै रुची राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पीक खेलकुँद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर गरेकी थिइन् ।

तर कोरोना भाइरसको महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा बढी खुशीको क्षण भएको बताएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७