हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय, विद्यालय र क्याम्पस पनि बन्द हुने


१४ बैशाख २०७९, बुधबार
school student

काठमाडौं, १४ बैशाख । सरकारले साताको दुइदिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आगामी जेठ १ गते बाट कार्यान्वयनमा आउने गरिसरकारले उक्त बिदा दिइने निर्णय गरेको हो।

जेठ १ देखि लागू हुनेगरी कार्यालय समय भने बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म बढाइएको छ। ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने। शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने।’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ।

इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएपछि सरकारले सो निर्णय गरेको हो।

विद्यालय र क्याम्पसमा पनि दुई दिन बिदा हुने

सरकारले विद्यालय र क्याम्पसमा पनि दुई दिन बिदा दिने सरकारले निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेल जानकारी दिए ।

सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।

‘विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा काटिन्छ, कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ,’ उनले भने । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए ।

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७