बैंक अफ काठमाण्डूको पोखराको बगरमा ९७ औँ शाखा सञ्चालनमा


१५ बैशाख २०७९, बिहीबार
bok

काठमाडौं, १५ बैशाख। बैंक अफ काठमाण्डूले पोखराको बगरमा नयाँ शाखा संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल र बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरी शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराइ उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी दिए। बैंकले गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि संचालनमा ल्याउने योजना रहेको बताए।

राष्ट्र बैंकका निर्देशक डा। रामशरण खरेलले राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरी सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको भन्दै बैंकको प्रशंसा गरेका छन्।

बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालय, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७