नबिल बैंकले एकै दिन खोल्यो १४ वटा शाखा कार्यालय


१४ बैशाख २०७९, बुधबार
nabil bank

काठमाडौं, १४ बैशाख। नबिल बैंकले बिहीबार एकै पटक १४ नयाँ शाखा खोलेको छ। बैंकले राजधानी उपत्यका र बाहिर शाखा बिस्तार गरेको हो।

धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा शाखा खोलेको छ।

प्रमुख अतिथिका रुपमा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र काठमाडौं महानगरपालिका वडा नं। ५ का वडा अध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा धुम्बाराही मालीगाउँ शाखा उद्घाटन गरेका छन्।

बैंक संचालक आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्त रुपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संयुक्त रुपमा थलि डाँछी शाखा उद्घाटन गरेका छन्।

बैंक संचालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर ९नगर प्रमुख० रामेश्वर श्रेष्ठले इमाडोल शाखा, बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद चापागाईँ दुवाकोट शाखाको उद्घाटन गरेका छन्।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले दहचोक शाखा, नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रंजना पौडेल पण्डितले मुर्गिया र खैरेनी शाखा, बैंकका प्रमुख वित्त अधिकृत मनोज कुमार ज्ञवाली र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशीले चिसापानी शाखा, बैंकका प्रादेशिक प्रमुख– प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक मीना पाण्डेले पुष्पलाल चोक शाखा उद्घाटन गरेका छन्।

बैंकका प्रमुख संचालन अधिकृत गणेशप्रसाद अवस्थी र नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका निर्देशक राजनदेव भट्टराईले जीतपुर शाखा, बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्रप्रताप शाह र नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले महेन्द्रनगर र ढल्केबर शाखा, बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख आर्दश बजगार्इँ र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले झुम्का शाखा कार्यालयको उद्घाटन गरेका छन्।

अब बैंकको कुल शाखा संख्या १४८ पुगेको छ। बैंकले १८८ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७