आईपीएल क्रिकेट : दिल्लीले कोलकातालाई हरायो


१६ बैशाख २०७९, शुक्रबार
IPL Delhi vs Kolkata

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गए राति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको छ ।

मुम्बईमा कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । दिल्लीका लागि डेभिड वार्नरले ४२ र रोवमन पावेलले नटआउट ३३ रन बनाए । बलिङतर्फ कोलकाताका उमेश यादवले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले नितिश रानाको ५७ रनको मद्दतमा एक सय ४६ रन बनाएको थियो । उसलाई मध्यम स्कोरमा समेट्न दिल्लीका कुलदीप यादवले चार र मुस्ताफिजुर रहमानले तीन विकेट लिए । जितसँगै दिल्ली आठ खेलमा आठ अङ्कसहित छैटौं स्थानमा पुगेको छ । आठ खेलमा ६ अङ्क रहेको कोलकाता आठौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७