हुम्लामा आइपुग्यो मतपत्र


१६ बैशाख २०७९, शुक्रबार
matpatra

हुम्ला । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई आवश्यक मतपत्रलगायत निर्वाचन सामग्री बिहीबार जिल्लामा आइपुगेको छ । दुई दिन लगाएर नेपालगञ्जबाट ३८ हजार मतपत्रलगायत ५८ प्रकारका मतदान केन्द्रमा आवश्यक पर्ने निर्वाचन सामग्री जिल्लामा आइपुगेको जनाइएको छ । मतपेटीका समेत जिल्लामा पुगेको निर्वाचन कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्लामा मतपत्रलगायतका सामग्री पुगेसँगै केही दिनमा सुरक्षित साथ आवश्यक स्थानमा पठाइने भएको छ । ५४ मतदान केन्द्रका लागि उक्त सामग्री जिल्लामा पुगेको हो । जिल्लाको सात वटै गाउँपालिकाको मतदाता संख्या ३२ हजार ५८१ रहेको छ । महिला १५ हजार ६०७ र पुरुष १६ हजार ९७४ रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७