लोसपाको घोषणापत्र सार्वजनिक : सार्वजनिक सवारी निःशुल्क (पूर्णपाठ)

काठमाडौं महानगरमा लोसपाको उम्मेदवारी खारेज


१६ बैशाख २०७९, शुक्रबार
losapa ghosanapatra2022 04 29 12 44 46

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गरिएको हो ।

घोषणापत्रमा सबै महिलालाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारीसाधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्नेलगायतका विषय उल्लेख गरिएको छ ।

काठमाडौं महानगरमा लोसपाको उम्मेदवारी खारेज
लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) ले काठमाडौ महानगरपालिमा दिएको उम्मेदवारी खारेज भएको छ ।
स्थानीय तह निर्वाचन ऐन अनुसार प्रमुख र उप्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार नभएकाले लोपाको उम्मेदवारी खारेज भएको महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

लोसपाले काठमाडौं महानगर प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषलाई उठाएको थियो । प्रमुखमा डानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्कीले उम्मेदवारी दिएका थिए । उम्मेदवारी खारेज भएसँगै लोसापाले चुनाव लड्न नपाउने भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७