केराबारी गाउँपालिकाको निर्वाचन स्थगित


१६ बैशाख २०७९, शुक्रबार
election candicate death L0QwrqycYK

मोरङ । आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देन लिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको छ ।

मोरङको केराबारी गाउँपालिका-२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका ३८ वर्षीय लिङ्देन लिम्बूको आज (शुक्रबार) मृत्यु भएपछि निर्वाचनको सबै काम रोकिएको पालिका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले जानकारी दिए । निर्वाचन आयोगबाट आउने निर्देशनपछि पुनः निर्वाचनको कार्यक्रम अघि बढ्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७