बक्सिङ्गका ३२ खेलाडी आज छनौट, काे-काे परे छनौटमा ?


१६ बैशाख २०७९, शुक्रबार
1st day selection

काठमाडौं, १६ बैशाख । सन् २०२२ को सेप्टेम्बरमा चीनको होन्जाउ शहरमा हुन गईरहेको १९ औँ एशियन गेम्सका लागि ३२ खेलाडी छनाैट भएकाे छन् । अधिराज्य व्यापी प्रारम्भिक बक्सिङ्ग छनौट खेलको फाईनल खेलहरुमा ५७ केजी तौल समुहमा बागमती प्रदेशका खेलाडी सुरज महर्जनले सशस्त्र प्रहरीका खेलाडी पुरन राईलाई ५ः० अंकको आधारमा पराजित गदै जित हासिल गरेका छन् ।

पुरुषतर्फ ५२ केजितौल समुहमाप्रहरीका खेलाडी चन्द्र बहादुर थापाले बागमती प्रदेशका खेलाडी लक्ष्मण राईलाई नेपाल ५ः० अंकको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

पुरुषतर्फ ६३ केजीतौल समुहमा नेपाल प्रहरीका खेलाडी भुपेन्द्र थापालेसशस्त्रप्रहरी ए का खेलाडी सोनाम सार्कीलाई वाक ओभरको आधारमा जित हासिल गरे ।

पुरुषतर्फ ७५ केजी तौल समुहमा नेपाल आर्मी ए का खेलाडी श्रेष्ठले नेपाल आर्मी बि का खेलाडी दिपेश लामालाई वाक ओभरको आधारमा जित हासिल गरे ।

यसै गरि महिलातर्फ ५१ केजीतौल समुहमा बागमती प्रदेशका खेलाडी सुस्मा तामाङ्गले नेपाल आर्मी ए का खेलाडी मिनु गुरुङलाई वाकओभरको आधारमा जितिन् ।

महिलातर्फकै ५७ केजी तौल समुहमा नेपाल आर्मी बि का खेलाडी बिमला श्रेष्ठले ४ः१ अंकको आधारमाबागमतीप्रदेशका खेलाडी हेमा राईलाइ हराउदै जित हासिल गरिन ।

महिलातर्फ ६० केजी तौल समुहमा सशस्त्र प्रहरी ए का खेलाडी संगिता सुनारले नेपाल आर्मी बि का खेलाडी वर्षा श्रेष्ठलाई एबिडिको पराजित गदैै जित हासिल गरिन् ।

महिलातर्फ ६९ केजी तौल समुहमा सशस्त्र प्रहरी बि का खेलाडी सरस्वती रानाले नेपाल आर्मी ए का खेलाडी सबिनाश्रेष्ठलाई ५ः० अंकको आधारमा जित हासिल गरिन ।

आज सम्पन्न उक्त छनौट प्रतियोगितामा १९ औ एशियन गेम्समा बन्द प्रशिक्षणमा सहभागी हुन सफल खेलाडीहरु निम्नानुसार रहेका छन् । छनाैट अप्रिल २७ देखि अप्रिल ३० तारिख सम्म संचालन हुनेछ ।

महिलातर्फ
५१ किलो तौल समुहमा – मिनु गुरुङ्ग, ललिता महर्जन, सुस्मा तामाङ्ग र रिता दर्लामी
५७ किलो तौल समुहमा – चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ्ग
६० किलो तौल समुहमा – संगीता सुनार, पुनम रावल, देचेन शेर्पा, वर्षा श्रेष्ठ
६९ किलो तौल समुहमा – सरस्वती रानामगर, सविना श्रेष्ठ, विनीता थापा मगर र निरु गुरुङ्ग
पुरुषतर्फ
५२ किलो तौल समुहमा – चन्द्र बहादुर थापा, प्रदिपमहर्जन, लक्ष्मण राई र प्रेम चौधरी
६७ किलो तौल समुहमा – सुरज महर्जन, पुरन राई, ईन्द्र बहादुर सुनार र शम्भु राजवंशी
६३ किलो तौल समुहमा – भुपेन्द्र थापा, लालु आले, निशानदाश र सोनाम सार्की
७५ किलो तौल समुहमा – दीपकश्रेष्ठ, शनील शाही, दिपेश लामा र साजन तामाङ्ग

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७