अछाममा चट्याङ्ग लागेर एकको मृत्यु, चार जना घाइते


१७ बैशाख २०७९, शनिबार
chatyang 2

अछाम । अछाममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । गए राति हावाहुरी र पानीसँगै परेको चट्याङ्ग लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका-७ को पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको ज्यान गएको हो ।

जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दिपेश रिजालका अनुसार घाइतेहरुमा ६० वर्षका रने कामी, ५५ वर्षका मना कामी, ५० वर्षकी जयसरा कामी र ७० वर्षका वृकिसे रावल हुन् । घाइते सबैको अवस्था सामान्य रहेको रिजालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७