हुरीले जिल्ला अदालत जाजरकोटको उडायो छानो


१७ बैशाख २०७९, शनिबार
jajarkotcourt 20220430144242

जाजरकोट । हावाहुरीले जिल्ला अदालत जाजरकोटको भवनको छाना उडाएको छ । शुक्रबार रातिको हावाहुरीले ६ कोठे भवनको टिनको छाना उडाएको हो ।

उक्त भवनमा लेखाशाखा, स्टोर, कर्मचारी तथा सुरक्षाकर्मीको आवास थियो। सुतिरहेका एक जना कर्मचारी भागेर ज्यान बचाएका थिए । टिनको छाना उडाउनका साथै कोठा भित्रका सबै समान नष्ट भएको प्रहरीले जनाएको छ।

क्षतिको पूर्ण विवरण अझै आइनसकेको जिल्ला न्यायाधिश यज्ञराज आचार्यले बताए । उनले मुख्य निर्वाचन अधिकृतिको कार्यालयसमेत जिल्ला अदालतमै भएकोले केही काम प्रभावित हुने बताए । तत्काल अस्थायी ब्यवस्था गरेर भए पनि काम चालु गर्न हुन्थ्यो तर त्यसको लागि बजेटको समस्या पर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७