स्थानीय निर्वाचन : आठ हजार उम्मेदवारले फिर्ता लिए उम्मेदवारी


१७ बैशाख २०७९, शनिबार
nirbachan aayog

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ।

उनले अहिले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपराह्न ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

प्रवक्ता पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ । आज चुनाव चिन्ह प्रदान हुन्छ ।’ हिजो (शुक्रबार) स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७