२०७९ बैसाख १८ गते आइतबारको तपाईको राशिफल

वैशाख शुक्ल प्रतिपदा पञ्चाङ्गः आयुष्मान किंस्तुघ्न भरणी , अन्तर्राष्ट्रिय श्रमिक दिवस/ललितपुर मत्स्यन्द्रनाथ रथारोहण


१८ बैशाख २०७९, आईतवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ काममा हात हाल्ने र योजना बन्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सेवामूलक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । आफन्तसँग प्रविधिमार्फत भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्र वा आफन्तको सहयोगबाट मिल्ने छ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकास पनि हुनेछ । प्राविधिक कार्य राम्रो हुन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
राजनैतिक कार्यमा सफलता मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक पक्ष सुदृढ बन्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । लाभदायक योजना बन्ला । कलकारखाना र बन्द, व्यापारमा फाइदा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । स्वास्थ्य र सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । स्वादिष्ट र मिष्ठान्न भोजनको अवसर पनि प्राप्त हुनसक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मित्रबाट विशेष सहयोग मिल्ने छ । घरायसी कामबाट सफलता मिल्ने छ । अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । श्रमको पनि उचित मूल्याङ्कन हुनेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७