स्थानीय निर्वाचन : काठमाडौं महानगरपालिकामा एमालेका दुई सदस्य निर्विरोध


१८ बैशाख २०७९, आईतवार
ambika gita

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका दुई जना सदस्य निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका वडा-१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा-२२ मा पनि दलित महिला सदस्य गीता परियारको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएका हुन् ।

निर्विरोध भएका दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७