जिम्बावे ‘ए’ सँग नेपाल पराजित


१८ बैशाख २०७९, आईतवार
crickt SkO3It4gNT

काठमाडौं । जिम्बावे ‘ए’ टिमविरुद्धको पहिलो टी-२० खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो । जिम्बावे ‘ए’ का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान एक एक विकेट लिए । जवाफमा जिम्बावे ‘ए’ टिमले १८ ओभर पाँच बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको जिम्बावे ए टिमले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो । जिम्बावे ए टिमको जितमा इनोसेन्ट काइयाले ४७ रन बनाए भने टाडीवान्से मरुमानीले ५६ रन बनाए । यस्तै, कप्तान टोनी मुनोयोंगाले ५० रन बनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७