प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, बजेट अधिवेशन तयारीबारे छलफल


१८ बैशाख २०७९, आईतवार
deuwa agni

काठमाडौं । अर्थ मन्त्रालय बजेट निर्माणमा जुटिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज (आइतवार) भेटवार्ता भएको छ ।

आगामी जेठमा बजेट ल्याउने गरी संसद अधिवेशन डाक्न आवश्यक तयारीका लागि दुई जनाबीच छलफल भएको हो । दुई जनाबीच बालुवाटारमा आइतवार दिउँसो भएको भेट हो ।

यो भेटका क्रममा प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आ.व. २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७