रिलिज अगाडि नै कबड्डी-४ ले उठायो दुई करोड


१८ बैशाख २०७९, आईतवार
kabaddi 4 ZyJDu0yHEp

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी-४’ ले रिलिज नहुँदै दुई करोड कलेक्सन गरेको छ । यो चलचित्रले विश्व बजारमा प्रतिलिपी अधिकार बिक्री बापत २ करोड रुपैयाँ कलेक्सन गरेको हो । दुई करोड कलेक्सन गरेसँगै यो चलचित्रले प्रदर्शन अगावै चलचित्रको लगानी सुरक्षित गरेको छ ।

सफल चलचित्रको सिक्वेल ‘कबड्डी-४’ ले अहिलेसम्मकै महंगो मूल्यमा विश्व बजारमा ‘राइट’ बिक्री भएको हो । यो चलचित्रले युरोप, अमेरिका, अष्ट्रेलिया, बेलायत, न्युजिल्याण्ड, हङकङ, जापान तथा भारतमा प्रदर्शनका लागि प्रदर्शन ‘राइट’ बिक्री गरेको हो ।

चलचित्र ‘कबड्डी ४’ नेपाल र विदेशमा सिनेमा हलमा एकै मितिमा प्रदर्शनमा आउने भएको छ । भारतमा भने नेपाली हलमा प्रदर्शन भएको एकसाता पछि मात्रै प्रदर्शन हुनेछ । रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी ४’ मा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रको कथा लेखनमा निर्देशक गुरुङले उपेन्द्र सुब्बासँग सहकार्य गरेका छन् । चलचित्र आगामी जेठ १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७