सत्य/स्वरुपको आवाजमा मन छुने ‘आमा’ को गीत सार्वजनिक


१९ बैशाख २०७९, सोमबार
279644882 361578489322393 8451800185953932159 n

काठमाडौं । नेपाली सांगीतिक आकाशका जोर सितारा सत्य-स्वरुप दाजुभाइको आवाजमा मन छुने ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

‘आमा’ गीतका गीतकार इलामेली श्रष्टा लिला खतिवडा हुन् भने संगीत इलामकै उदीयमान संगीतकार निर्मल दियालीले दिएका छन् । बरिष्ठ वाद्यवादक तथा संगीत संयोजक गोपाल रसाइलीले गीतमा संगीत संयोजन गरेका छ ।

गीतकार खतिवडाले केहि बर्षअघि ‘बाँचेकै छु’ बोलको गीत दर्शक/श्रोता माझ ल्याएका थिए । यो आमाको गीत उनको निरन्तर सिर्जनशीलताको अर्को दस्तावेज हो । निर्मल दियाली युटुब च्यानलबाट लिरिकल भिडियोका साथ गीत सार्बजनिक भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७