चुनाव प्रचार गरेर फर्किने क्रममा भीरबाट लडेर मृत्यु


१९ बैशाख २०७९, सोमबार
death

प्युठान । प्यूठानको नौवहिनी गाउँपालिका-२ लिघामा लडेर आइतबार राति एक जनाको मृत्यु भएको छ । चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा चिप्लेर भीरबाट लडेर स्थानीय ५१ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।

थापाको शव पोष्टमार्टमका लागि प्यूठान अस्पताल लगिएको नौवहिनी गाउँपालिका अध्यक्षका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । मृतक थापा नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन् । स्थानीय तह निर्वाचनमा नौवहिनीमा माओवादी र कांग्रेसको चुनावी गठबन्धन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७