अखण्ड नेपालका अध्यक्ष काँग्रेस प्रवेश


२९ आश्विन २०७४, आईतवार
kumar khadka

काठमाडौं :अखण्ड नेपालका अध्यक्ष निवर्तमान् सांसद् कुमार खड्का काँग्रेसमा प्रवेश गरेका छन् । स्थायी ठेगाना कास्की भएका खड्का तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत बनेका थिए ।

kumar khadka
खड्कालाई काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले बालुवाटारमा पार्टी प्रवेश गराएका छन् ।
दोस्रो संविधानसभाको निर्वाचनमा खड्काको अखण्ड नेपाल पार्टीले समानुपातिकबाट एक सिटमात्र जितेको थियो । त्यही एक सिटमा खड्का सभासद् बनेका थिए ।
पहिलो संविधानसभामा एमाओवादी लगायत जनजाति सभासद् र जातीय संस्थाले जातीय नारा लगाएपछि क्षेत्रीहरुको नाममा खड्कासहितका व्यक्ति मिलेर क्षेत्री समाज गठन गरेका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा समाजलाई नयाँ पार्टी अखण्ड नेपालको नाममा निर्वाचन आयोगमा दल दर्ता गरिएको थियो ।
आजनै विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पनि काँग्रससँग एकता हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७