एमसिसीविरुद्ध नेपालको शानदार जित (फोटो फिचर)


६ भाद्र २०७४, मंगलवार
Criket Nepal vs mmc in lords ground ODI 9 2

काठमाडाैँ : नेपालले बेलायतको घरेलु टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध शानदार जित हासिल गरेको छ । बेलायतको लर्ड्स क्रिकेट मैदानमा नेपालले जित विश्वकै पुरानो क्रिकेट टिमलाई उसैकै घरेलु मैदानमा पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । जवाफमा उत्रिएको एमसीसी ४७।२ ओभरमा १७६ रनमै समेटियो।

नेपालको लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए। कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले २७, सागर पुनले २६, राजु रिजालले २४ र सोमपाल कामीले २० रन बनाए। बसन्त रेग्मी २४ रनमा नटआउट रहे।

नेपालबाट सागर पुन र वसन्त रेग्मीले ३-३, सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

एमसिसीका तर्फबाट एडेरले शतकीय पारी खेले। तर बाँकी खेलाडीहरुमध्ये क्लार्कको १६ र विल्किन्सनको २० रन बाहेक कुनै पनि ब्याट्सम्यानलाई नेपाली बलरहरुले दोहोरो रन पनि बनाउन दिएनन्।

 

Criket Nepal vs mmc in lords ground ODI 2

Criket Nepal vs mmc in lords ground ODI 3

Criket Nepal vs mmc in lords ground ODI 4

Criket Nepal vs mmc in lords ground ODI 8

Criket Nepal vs mmc in lords ground ODI 10

Criket Nepal vs mmc in lords ground ODI 13

Criket Nepal vs mmc in lords ground ODI 14

Criket Nepal vs mmc in lords ground ODI 16


Criket Nepal vs mmc in lords ground ODI 1 1

Criket Nepal vs mmc in lords ground ODI 4 1

Criket Nepal vs mmc in lords ground ODI 11

Criket Nepal vs mmc in lords ground ODI 2 1

Criket Nepal vs mmc in lords ground ODI 9

Criket Nepal vs mmc in lords ground ODI 9 1

Criket Nepal vs mmc in lords ground ODI 11 1

Criket Nepal vs mmc in lords ground ODI 12 1

Criket Nepal vs mmc in lords ground ODI 13 1

Criket Nepal vs mmc in lords ground ODI 14 1

Criket Nepal vs mmc in lords ground ODI 5

Criket Nepal vs mmc in lords ground ODI 12

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७