मन्त्री मोक्तानलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण


२१ बैशाख २०७९, बुधबार
kumari moktan11651622807

काठमाडौं । निर्वाचन आयोगले वागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई २४ घण्टे स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

मन्त्री मोक्तान चुनावी प्रचारप्रसारमा निरन्तर खटिएको फोटोसहितको समाचार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि उनलाई त्यसबारेमा आधारसहित आयोगलाई स्पष्ट गर्न अनुरोध गरिएको छ ।

आयोगको पत्रमा भनिएको छ, ‘तपाईंले निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क) विपरीतको कार्य गरेको देखिँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने ? भन्ने विषयमा २४ घण्टाभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट गरी स्पष्टीकरण दिन हुन आदेशानुसार अनुरोध गरिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७