कोभिडको प्रत्यक्ष-अप्रत्यक्ष प्रभावले एक करोड ४९ लाख मानिसको मृत्यु : डब्लुएचओ


२३ बैशाख २०७९, शुक्रबार
korona india 5

काठमाडौं । सन् २०२० र २०२१ मा कोभिड-१९ महामारी तथा यसका कारण सिर्जित अन्य समस्याका कारण विश्वभर कम्तीमा एक करोड ४९ लाख मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

बिहीबार सार्वजनिक अनुमानित तथ्याङ्कअनुसार यो रोगका कारण मृत्यु हुनेको संख्या यसअघि विभिन्न मुलुकबाट सार्वजनिक गरिएको तथ्याङ्कभन्दा तीन गुणासम्म बढी रहेको हुनसक्ने डब्लुएचओले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य संस्थाले भनेको छ, ‘विश्व स्वास्थ्य संगठनको नयाँ प्रक्षेपणअनुसार १ जनवरी २०२० देखि ३१ डिसेम्बर २०२१ को बीच कोभिड-१९ महामारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सबै मृत्युको संख्या करिब एक करोड ४९ लाख रहेको देखिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७