छुटेनन् अफ्ताब आलम, सर्वोच्चद्वारा जिल्ला र उच्च अदालतकै आदेश सदर


२३ बैशाख २०७९, शुक्रबार
aalam 1
फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहमद अफ्ताब आलमलाई थुनामा नै राख्ने उच्च र जिल्ला अदालतको फैसलालाई सदर गरेको छ ।

न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले करिब डेढ वर्षपछि सुनुवाइ भएको आलमको मुद्दामा अन्तिम फैसला नभएसम्म थुनामानै राख्ने आदेश गरेको हो । इँटा भट्टामा हालेर २० बढी मजदुरलाई जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

नेता आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ । पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेश सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने माग गरिएको छ ।

सरकारी वकिलको कार्यालय रौतहटले आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७