प्रधानमन्त्री देउवा आज तनहुँ जाँदै


२४ बैशाख २०७९, शनिबार
deuwa

तनहुँ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावीसभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज (शनिबार) तनहुँ आउँदै छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज आयोजना हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा दमौली आउन लागेका हुन् ।

सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । व्यास नगरपालिका-३ अनसनचौतारीमा चुनावीसभा आयोजना गरिएको छ ।

नेपाली कांग्रेसबाट सदरमुकाममा रहेको व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै उम्मेदवार छन् । नगर प्रमुख न्यौपाने दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७