आईपीएल : गुजरातमाथि मुम्बईको रोमाञ्चक जित


२४ बैशाख २०७९, शनिबार
MI VS GT IPL ZUIQJtTSIG

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा गुजरात टाइटन्समाथि मुम्बई इण्डियन्सले ५ रनले जित हात पारेको छ । शुक्रबार भएको खेलमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।

मुम्बईका लागि इशान किसनले ४५ रन, टिम डेभिडले अविजित ४४ रन तथा रोहित शर्माले ४३ रनको पाली खेले । जवाफी ब्याटिङमा उत्रिएको गुजरातले भने निर्धारित ओभरमा ५ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। गुजरातका ऋद्धिमर्दन शाहले ५५ रन तथा शुबमन गिलले ५२ रनको पाली खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

११ खेलबाट १६ अंक जोडेको गुजरात हारका बाबजुद लिगको शीर्ष स्थानमा छ भने मुम्बईको लागि यो १० औं खेलमा दोस्रो जित हो । मुम्बई ४ अंकका साथ लिगको पुछारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७