धौलीगंगा बाँध खोलिंदै, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


२४ बैशाख २०७९, शनिबार
dhauliganga 20200625102516

दार्चुला । भारतको धौलीगंगा जलविद्युत परियोजनाको जलाशयको बाँध खोलिने भएकाले जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै जलविद्युत परियोजनाको जलाशयको बाँध जुनसुकै बेला खोल्ने भारतीय पक्षबाट सूचना आएकाले महाकालीको जलस्तर बढ्न सक्ने भन्दै सजग रहन सचेत गराएको हो ।

धौलीगंगा जलविद्युत परियोजनको जलाशयमा पानीको प्रवाह दिन प्रतिदिन बढिरहेको तथा बाँधको स्पिलवे रेडियल गेटको मर्मतको काम समेत गरिरहेको भारतीय पक्षले नेपाली प्रशासनलाई जानकारी दिएको छ ।

dhauli ganga Ch4PzTVpTi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७