कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, उम्मेद्वारसहित १० जना घाइते

सिन्धुपाल्चोकमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप


२४ बैशाख २०७९, शनिबार
jhadap
सांकेतिक तस्विर

रुकुम पश्चिम । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा तीन जना घाइते भएका छन् । आठबीसकोट र चौरजहारी नगरपालिकामा छुट्टाछुट्टै घटना भएको हो । घटनामा परी १० जना घाइते भएका छन् । आठबीसकोट नगरपालिका-३ मा भएको झडपमा परी एक प्रहरीसहित माओवादीका वडाध्यक्षका उम्मेदवार केशरमान विक, तुलबहादुर विक र सन्तोष विक घाइते भएका छन् ।

नेपाली कांग्रेसका डिल्लीराज बोहरा र सीता बोहरा घाइते भएका छन् । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी चौरजहारी नगरपालिका-१, मा भएको झडपमा परी कांग्रेसका वडा सभापति यज्ञश विष्ट, तरुण दलका त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

टाउकोमा चोट लागेको सभापति विष्ट र विकलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । दुवै ठाउँमा शुक्रबार राति झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले बताए । आठबीसकोटमा अहिले पनि मान्छेहरू जम्मा भइरहेको भन्ने खबर आएकाले त्यसलाई रोक्ने प्रयास भइरहेको डीएसपी सोतीले बताए ।

सिन्धुपाल्चोकमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
यता सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । हिजो चुनावी प्रचारका क्रममा वडा-१० झोलुङ्गे माझी बस्तीमा झडप भएको हो ।

झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार विनोद आचार्यसहित केही घाइते भएका नेकपा (माओवादी केन्द्र) को इन्द्रावती गाउँपालिका कमिटीले निकालेको विज्ञप्तिमा उल्लेख छ । झडपमा घाइते राजु दङ्गाललाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७