देउवा सेनाको हेलिकप्टर चढेर चुनावी सभाका लागि पुगे बुटवल


२४ बैशाख २०७९, शनिबार
deuwa heli

बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न बुटवल पुगेका छन् ।

उनी केहि समयअघि नेपाली सेनाको हेलिकोप्टर चढेर बुटवल पुगेका हुन् । देउवा आजै बुटवलबाट तनहुँ र जनकपुरधामको चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम छ । कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि देउवा बुटवल पुगेको उनको सचिवालयले जनाएको छ ।

देउवा शुक्रबार काठमाडौं र बिहीबार भरतपुरमा आयोजित संयुक्त चुनावी सभामा सहभागी भएका थिए । काठमाडौंको चुनावी सभामा जाँदा देउवाले निजी गाडी प्रयोग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७