शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडि नै फर्किनु पर्छ : युक्रेनी राष्ट्रपति


२४ बैशाख २०७९, शनिबार
14 Shares
zelensky

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडिको अवस्थामा फर्कनु पर्ने बताएका छन् ।

युक्रेनको राजधानी किएभबाट बेलायतमा रहेका विशेषज्ञ समूहसँग कुरा गर्दै उनले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिएका हुन् । जेलेन्स्कीले रुस र युक्रेनबीचको कुटनीतिक वार्ता फेरि शुरु गर्न आह्वान गरेका छन् । तर आफूले सानो युक्रेन नभइ समग्र युक्रेनको नेतृत्व गरिरहेको उनको भनाइ छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रुसी सेनाले अहिले दक्षिण पूर्वी शहर मारिऊपोलको स्टिल उद्योगमा आक्रमण गरिरहेको छ । त्यहाँ अझै पनि केही युक्रेनी नागरिक र सैनिक फसेका छन् । राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा आक्रमण गरेपछि कब्जा गरेको भू-भागमाथि रुसले निरन्तर पकड कायम राख्न नसक्ने दाबी समेत गरेको बीबीसीले जनाएको छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७