जासन होल्डरको कप्तानीमा विश्वकप छनोटको ड्रिम टिम, कुन देशबाट को–को परे ?


१२ चैत्र २०७४, सोमबार
Jason Holder

काठमाडौं, १२ चैत्र । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जिम्बाम्वेमा भएको आईसीसी विश्वकप छनोट क्रिकेटको टिम अफ दि वर्ल्ड कप क्वालिफायर्स (ड्रिम टिम) सार्वजनिक गरेको छ ।Jason Holder

आइतबार सम्पन्न भएको विश्वकप छनौटका आईसीसीले विश्वकप छनोटको प्रदर्शनको आधारमा छनोटको आईसीसीले वेष्ट इण्डिजका कप्तान जासन होल्डरको कप्तानीमा १२ सदस्सीय ड्रिम टिम सार्वजनिक गरेको हो ।

ड्रिम टिममा च्याम्पियन अफगानिस्तान र उपविजेता वेष्ट इन्डिजका समान ३ – ३ खेलाडी परेका छन् । यस्तै जिम्बावे र स्कटल्याण्डको समान २ – २ खेलाडी परेका छन् । भन् आयरल्याण्डका १ खेलाडी ड्रिम टिममा परेका छन् ।

१० राष्ट्र सहभागी छनोटको ड्रिम टिममा सुपर सिक्स पुगेका ६ राष्ट्रमध्ये ५ राष्ट्रको खेलाडी छानिएका छन् । सुपर सिक्समा पुगेको मध्ये युएईको खेलाडी ड्रिम टिममा परेनन् ।
यस्त प्रतियोगितामा नेपालका लेग स्पिनर सन्दिप लामिछाने र कप्तान पारस खड्काको प्रदर्शन उच्च रहेपनि पर्न सकेनन् ।

ड्रिम टिम को–को परे ?
एभिन लेविस (वेष्ट इन्डिज)
क्य्ले कोइटजर (स्कटल्याण्ड)
ब्रेनडन टेलर (जिम्बावे, विकेटकिपरं)
मार्लोन सामुएल्स (वेष्ट इन्डिज)
मोहमद नाबी (अफगानिस्तान)
सिकन्दर राजा (जिम्बावे)
नाजीबउल्लाह जाड्रन (अफगानिस्तान)
जासन होल्डर (कप्तान, वेष्ट इन्डिज)
सफ्यान शारिफ (स्कटल्याण्ड)
बोएड रान्किन (आयरल्याण्ड)
मुजिब रहमान (अफगानिस्तान)
राशिद खान (अफगानिस्तान, १२ औं खेलाडी)

१० राष्ट्र सहभागी विश्वकपको छनौटमा अफगानिस्तान र वेष्ट इन्डिज छनौट भए । समुहको चरणको खेलमा नेपाललाई मात्र हराएर रनरेटका आधारमा सुपरसिक्स पुगेका अफगानिस्तानले उपाधी जिते । वेष्ट इन्डिजले उपविजेता भए ।

यस्तै सुपर सिक्समा जिम्बाम्वे, स्कटल्याण्ड, आयरल्याण्ड र यूएई पुगेका थिए । भने सातौं स्थानमा नेदरल्याण्ड, आठौंमा नेपाल रहे । भने पुच्छारमा रहँदै पपुवा न्यूगिनी र हङकङ रेलिगेसनमा परे ।

यस छनौट प्रतियोगितमा नेपालले भने ऐतिहासिक उपलब्धि हासिल गरे । नेपालले सन २०२२ सम्मका लागि एकदिवसिया मान्यता प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७