यो निर्वाचन जनताले जित्ने कि जनताको बैरीले जित्ने भन्ने लडाईं हो : प्रचण्ड


२४ बैशाख २०७९, शनिबार
Prachanda ktm sabha scaled

धनुषा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मधेसमा भ्रम छर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

आज (शनिबार) धनुषामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले मधेसी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताए ।

‘अहिले त्यही पार्टी जनतामा भ्रम दिने षड्यन्त्र गरिरहेको छ’ उनले भने । अहिले एमालेले सामन्ती र राजावादी तत्वसँग गठबन्धन गरेको भन्दै प्रचण्डले एमालेले समानुपातिक, समावेशी सिद्धान्त र संघीयता विरोधीसँग गठबन्धन बनाएको टिप्पणी गरे ।

‘आउने निर्वाचन खाली एउटा सामान्य निर्वाचन होइन, जनताले जित्ने कि जनताको बैरीले जित्ने भन्ने लडाईं हो’ उनले भने । धनुषामा एमालेले आफू पराजित हुने डरले हिन्दू मुस्लिमबीचको सामाजिक सद्भाव खल्बल्याउन लागेको पनि उनले आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७