एमसीसीले बुटवल, भैरहवा, दाङ, देउखुरीलाई सबैभन्दा धेरै फाइदा : देउवा


२४ बैशाख २०७९, शनिबार
deuba 2 ewz0Keop7R

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीकै कारण देश र जनतामाथि अत्याचार गरेको बताएका छन् । बुटवलमा आयोजित संयुक्त चुनावी सभामा प्रधानमन्त्री देउवाले केपी ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको बताएका हुन् ।

उनले भने, ‘गठबन्धन जुन बनेको छ, ओलीजीले देश र जनताका लागि अत्याचार गरे । संसद्मा विरोध गरेपछि उनले संसद् भङ्ग गरिहाल्ने । विरोध सहनै सकेनन् । विरोध गर्‍यो कि पार्लियामेन्ट भङ्ग । जनताले पाँच वर्षका लागि संसद्मा पठाएका थिए । तर, ओलीले लहडमा संसद् भङ्ग गरे । अहिलेको संविधानमा संसद् जथाभावी भङ्ग गर्न पाइँदैन । पार्लियामेन्ट चल्न नदिने उहाँको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? यहाँ पनि अदालतले न्याय दियो ।’

सरकारले भूमिहीनको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । एमसीसीले बुटवल, भैरहवा, दाङ, देउखुरीका जनतालाई सबैभन्दा धेरै फाइदा पुग्ने देउवाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७