राजस्थान रोयल्सको कप्तानीेबाट पनि हटे स्मिथ, रहाणे नयाँ कप्तान


१२ चैत्र २०७४, सोमबार
ajarank

काठमाडौं, चैत १२ । बल ट्याम्परिङमा मुछिएपछि अष्ट्रेलियन क्रिकेट खेलाडी स्टिभ स्मिथ आइपीएल टोली राजस्थान रोएल्सको कप्तानबाट पनि हटाइएका छन् । सोमबार मात्रै अष्ट्रेलियाको कप्तान पद छोडेका स्मिथले इन्डियन प्रिमियर लिग (आईपीएल) टिम राजस्थान रोयल्सको कप्तानबाट हटाइएको हो । राजस्थानले पनि स्मिथलाई हटाउँदै भारतीय खेलाडी अजिन्का रहानेलाई नयाँ कप्तान चयन गरेको छ।

Rajasthan Royals batsman Steve Smith in action 21
अष्ट्रेलियन क्रिकेट खेलाडी स्टिभ स्मिथ ।

दक्षिण अफ्रिका विरुद्ध बल टेम्परिङ काण्डमा संलग्न भएको स्वीकार गरेपछि स्मिथलाई अष्ट्रेलियन टेष्ट टिमको कप्तानबाट हटाइएको थियो।

सोमवार राजस्थानले राजस्थान रोयल्सका हेड अफ् क्रिकेट जुबिन भरुचाले एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन् । आईपीएल २०१८ यही अप्रिल ७ बाट सुरु हुँदैछ ।

भरुचाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केपटाउन टेस्टमा भएको घटनाले पूरा क्रिकेट क्षेत्र स्तब्ध छ । हामी यस विषयलाई लिएर लगातार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को सम्पर्कमा छौँ । त्यति मात्र होइन, हामी स्टिवसँग पनि सम्पर्क गरिरहेका छौँ ।’

‘खेल कुनै व्यक्तिभन्दा ठूलो हो’, राजस्थानका को ओनर मनोज बडालाले ट्वीट गर्दै रहानेलाई नयाँ कप्तान चयन गरेको सार्वजनिक गरे ।


स्टिव स्मिथले भने अहिलेको परिस्थितिमा राजस्थान रोयल्सको कप्तान पद छोड्न उपयुक्त भएको बताए । उनले यसबाट आफूलाई तयारी गर्न पनि सहयोग प्राप्त हुने बताए ।

राजस्थान रोयल्स ‘म्याच फिक्सिङ’को आरोपपछि दुई वर्षको प्रतिबन्धपछि यही सिजनमा आईपीएलमा फर्किएको हो । राजस्थान रोयल्सले फेब्रअरीमा मात्रै स्टिव स्मिथलाई कप्तान नियुक्त गरेको थियो ।

ajarank
अजिन्का रहाने ।

सन् २०१४ र सन् २०१५ को आईपीएल सिजनमा स्मिथ राजस्थानबाट खेलेका थिए । स्मिथ पछिल्लो सिजनमा राइजिङ पुणे सुपरजायन्ट्सको कप्तान थिए । उनको कप्तानीमा पुणे आईपीएलको फाइनलसम्म पुगेको थियो । फाइनलमा मुम्बई इन्डियनसँग पुणे एक रनले हारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७