बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको विशेष छुट


२५ बैशाख २०७९, आईतवार
bok scaled

काठमाडौं, २४ बैशाख । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानहरुमा ४५% सम्मको छुट हुने भएको छ ।

बैकले उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत Purple Haze Restro and Garden, एयरपोटचोक, विराटनगरमा १५%,Mitho Restaurant and Thakali Kitchen विर्तामोडमा १०%, Nobel Hotel and Swimming Complex Pvt. Ltd., इमाडोलमा १०%,Meeting Point Restaurant & Bar, विर्तामोडमा ५%, Hotel Earth Light Pvt. Ltd., सौरहा, चितवनमा २०%, Chicken Station, इमाडोलमा १०% तथा Solmari Restro & Meeting Pvt. Ltd., इमाडोलमा १५% को छुट पाउनुहुनेछ ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत: Medicity Pharmacy, विर्तामोडमा १०%, Ramjanaki Hospital Pvt. Ltd., जनपुरमा १५% तथा Namo Manakamana Dental and Clinic Pvt. Ltd., इमाडोलमा २५%को छुटको ब्यवस्था रहेको छ ।

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको Tanashqa Fashion Studio मा १५% छुट पाउनुहुनेछ । जिम-फिटनेस सेन्टर अन्र्तगत Shapes Fitness Gym, ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट रहेको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम-फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७