२८ वर्षपछि मासपुरवासीले पाए लालपुर्जा


२५ बैशाख २०७९, आईतवार
lalpurja 1
सांकेतिक तस्विर

हुम्ला । हुम्लाको दुर्गम वस्तीका रुपमा चिनिने ताजाकोट गाउँपालिका-३ मासपुर गाउँका बासिन्दाले २८ वर्षपछि लालपुर्जा पाएका छन् ।

विसं २०५० फागुन १९ मा मासपुरको मालपोत कार्यालयमा दर्ता भएका २४ घरधुरीले २८ वर्षपछि लालपुर्जा पाएका हुन् । पञ्चायत कालदेखि साविकको मैला गाउँ विकास समिति-७ बँदेलचौरमा एक माना चामल र नुन लिएबापत जग्गाको तिरो तिर्दै आएका उनीहरुले २८ वर्षपछि भए पनि जग्गाको लालपुर्जा पाएकोमा खुशी भएको स्थानीय ९२ वर्षीय दलवीर बुढाले बताए ।

मालपोत कार्यालय हुम्लाले भने मोठमा दर्ता भएको लालपुर्जा लिन जग्गाधनी नै नआएको बताएको छ । अनुगमनका क्रममा ताजाकोट गाउँपालिका जाँदा स्थानीयले लालपुर्जा नपाएको गुनासो गरेका थिए । तर गाउँपालिकाबाट सिफारिस लिएर आएपछि प्रतिलिपि दिने भनिए पनि स्थानीय नआएका कारण पाउन नसकेको मालपोत कार्यालयले जनाएको छ । १२ घरधुरीलाई गतवर्ष चैतमै लालपुर्जा दिइएको मालपोत कार्यालय हुम्लाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बाग्दल मल्लको रोहवरमा मासपुरवासीलाई लालपुर्जा वितरण गरिएको कार्यालयले जनाएको छ । दुई घरधुरीले सुरुमै लालपूर्जा लिइसकेका भए पनि अन्यले हालसम्म लालपुर्जा पाएका थिएनन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७