अमेरिकाद्वारा ईडीभीको नतिजा सार्वजनिक


२५ बैशाख २०७९, आईतवार
DV lottery CWqc2Oek8N

काठमाडौं । अमेरिकाले सन् २०२३ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा शनिबार राति सार्वजनिक गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ राखेर थाहा पाउन सकिने छ ।

ईडीभीको आवेदन सन् २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो । ईडीभीका आवेदकले सन् २०२३ को सेप्टेम्बर ३० सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७