पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध


२५ बैशाख २०७९, आईतवार
HG Mugling 072619 20190726 091729

काठमाडौं । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । शनिबार साँझ साढे सात बजे चितवनको इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण रातभर यातायात सञ्चालन हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण यातायात सञ्चालन पूणर्रुपमा रोकिएको छ ।

city

मुग्लिन हुँदै नारायणढतर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फ नै रोकिएको छ । रासस

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७