कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा


२५ बैशाख २०७९, आईतवार
kamirita sagarmatha

काठमाडौं । आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६ औं पटक सगरमाथा चढ्ने उनी एक मात्र आरोही हुन् ।

सगरमाथाको चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने क्रममा सेभेन समिट ट्रेकिङ कम्पनीको टोलीका बाँकी १० जना सदस्यसहित कामीरिता पनि सगरमाथाको चुचुरोमा पुगेका हुन् । उनी पोहोर पनि सगरमाथाको चुचुरोमा जान लागेका थिए तर परिवारको आग्रहपछि बीच बाटोबाटै फर्किएका थिए ।

शेर्पाले आजभन्दा २८ वर्षअघि अर्थात सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । २८ वर्षको अवधिमा २६ पल्ट सगरमाथा चढेका कामीरिताले थुप्रै कीर्तिमान बनाएका छन् । शेर्पाले दुई पटक केटू हिमाल, एक पटक ल्होत्से, तीन पटक मनास्लु र आठ पटक चोयु हिमाल आरोहण गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७