जनकनन्दनी गाउँपालिका अध्यक्ष शेखको निधन


२५ बैशाख २०७९, आईतवार
Abdul Shekh

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको ७० वर्षको उमेरमा निधन भएको छ ।
अध्यक्ष शेखको शनिबार साँझ आफ्नै घरमा निधन भएको गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचार गराइरहेका उनलाई दुई महिनादेखि पित्तथैलीमा पत्थरी समेत भएको थियो । तर सुगर हाई भएकाले शल्यक्रिया हुन नसकेको कार्कीले बताइन् । बिरामी शेख शनिबार साँझसम्म पनि बैठकमा व्यस्त थिए ।

शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अहिलेको स्थानीय तह निर्वाचनमा अन्य जनप्रतिनिधिले पुनः चुनाव लड्न राजीनामा दिए पनि उनले राजीनामा दिएका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७