चुनाव प्रचारमा हिंडेको गाडीबाट खसेर मृत्यु


२५ बैशाख २०७९, आईतवार
death

सल्यान । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिंडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका-२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो । 

कांग्रेसबाट कालीमाटी गाउँपालिका-२ को वडाध्यक्षका उम्मेदवार सवार लु १ ज ४५९९ नम्बरको जीपको छतबाट खसेका थापाको टाउकामा गम्भीर चोट लागेको र उपचारका लागि तुल्सीपुरमा लगेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

अहिले गाडी र चालक दाङ जिल्ला बबई गाउँपालिका-२ निवासी खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७