नवौं राष्ट्रिय खेलकुदको ‘लोगो’ र ‘मस्कट’ सार्वजनिक


२५ बैशाख २०७९, आईतवार
1

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद-२०७९ को ‘लोगो’ र ‘मस्कट’ सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले शनिबार आयोजना गरेको कार्यक्रममा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरे ।

प्रतिस्पर्धाबाट भोलानाथ पौडेलले डिजाइन गरेको लोगो र मस्कट छनोट भएको हो । लोगोमा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रेलाई रेखाकृतिमा देखाइएको छ । त्यसतल आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बत गरेको छ । रातो रङको चार धर्साले परेवाको खुट्टा दर्शाइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

                चार धर्साले खेल मैदानको ट्रेकका साथै गण्डकी प्रदेशको साविकको ४ नं प्रदेशलाई दर्शाएको छ । ट्रेकमा रहेको चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सहभागी सबै टोलीको प्रतिनिधित्व गर्ने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

city
ncll 2

यस आकृतिको तलका दुई हरफले राष्ट्रिय खेलकुदको संस्करण र साल एवं उक्त प्रतियोगिता हुने स्थान अनि प्रदेशलाई बुझाएको छ । नवौं खेलकुदको ‘मस्कट’ मा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्रणाली कस्तुरी मृगको आकृति समावेश गरिएको छ ।

jagdamba.cement
nepal liquors

कोरोना महामारीका कारण रोकिएको नवौं राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुँदैछ । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निणर्य गरेको थियो ।

प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिड सङ्क्रमणका कारण खेलकुद स्थगित भएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा आयोजना गर्न खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७