चीनको कोष उद्योगलाई अवसरहरू सदुपयोग गर्न आग्रह


२५ बैशाख २०७९, आईतवार
China tech 20210613211813 1

काठमाडौं । चीनको धितोपत्र पर्यवेक्षकका उपप्रमुखले अर्थतन्त्रले सामना गरेको चुनौतीका बाबजुद पनि देशको पुँजी बजार र कोष उद्योग रणनीतिक अवसरको महत्वपूणर् अवधिमा रहेको बताएका छन् ।

चाइना धितोपत्र नियामक आयोगका उपाध्यक्ष फाङ सिङ्हाइले चीनको सम्पत्ति व्यवस्थापन संघको बैठकमा उक्त कुरा बताएका हुन् । कोष उद्योगले अवसरहरू सदुपयोग गर्नुपर्छ, उच्च गुणस्तरको विकासमा ध्यान केन्द्रित गर्नुपर्छ र वास्तविक अर्थतन्त्रलाई अझ राम्रो सेवा दिनु पर्ने बताए ।

‘गत महिना चीनले प्रमुख बैठकहरूमा पुँजीको भूमिकालाई जोड दिएको थियो ।  पुँजीको स्वस्थ विकासलाई कानून बमोजिम नियमन र मार्गदर्शन गर्ने प्रयास गरिनेछ र महत्वउपूणर् उत्पादन कारकको रूपमा पुजीको सकारात्मक भूमिका खेल्ने छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७